पुनर्स्थापित संसदले प्रधानमन्त्री र राष्ट्रपतिलाई घर पठाउने नेता थापाको चेतावनी (भिडियोसहित) « Khabarhub

पुनर्स्थापित संसदले प्रधानमन्त्री र राष्ट्रपतिलाई घर पठाउने नेता थापाको चेतावनी (भिडियोसहित)


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले संसद् पुनर्स्थापना हुने दाबी गरेका छन् ।

नेपाल तरुण दल भक्तपुरले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अदालतले संविधान पल्टाएर हेर्ने र संसद् पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका हुन ।

‘केपी ओलीको यो कदमलाई संविधानले चिन्दैन। देशले अहिले न्यायालयतर्फ फर्किएर हेरेको छ। श्रीमानहरुले दायाँबायाँ हेर्नुपर्दैन, संविधान पल्टाएर हेरे पुग्छ,’ उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीले सम्मान गुमाएको अवस्थामा अदालतले गुमाउनु हुँदैन। अदालतमाथि प्रधानमन्त्रीले दबाब सिर्जना गर्नुभएको छ, कसरी निर्णय उल्टन्छ भनेर बोलिरहनुभएको छ।’

उनले शाही आयोग खारेज गरेको अदालत प्रधानमन्त्रीसँग डराउँदैन भन्नेमा आफू विश्वस्त रहेको बताए।

‘मलाई पूर्ण विश्वास छ। अब केही दिनको बहस पछि अदालतले ओलीको असंवैधानिक कदमलाई खारेज गर्नेछ,’ उनले भने।

संसद् पुनर्स्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई घर पठाइने थापाले बताए।

‘संसद् पुनर्स्थापनापछि राष्ट्रपतिलाई घर पठाउँछौं। म यहाँका सांसद र मेयरलाई भन्न चाहन्छु– तपाईंहरूको बालाई पनि बालकोट पठाउने हो,’ उनले भने। उनले देश ढिलो चाँडो निर्वाचनमा जाने तर संसद्कै बाटोबाट निर्वाचन हुने बताए।

हेरौँ भिडियो

उनले कांग्रेसले अदालतको निर्णय नपर्खिएको जिकिर गरे। अहिलेको अवस्थामा मुलुक आइपुग्नुमा ओली मात्रै नभर सिंगो नेकपा दोषी भएको थापाको भनाइ थियो ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ८ : ०९ बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।