'दाहाल-नेपाल' समूहको सत्ता स्वार्थकै कारण नेकपा विभाजन भयो : नेता पोखरेल (भिडियोसहित) | Khabarhub Khabarhub

‘दाहाल-नेपाल’ समूहको सत्ता स्वार्थकै कारण नेकपा विभाजन भयो : नेता पोखरेल (भिडियोसहित)


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले दाहाल-नेपाल समूहको सत्ता स्वार्थकै कारण अहिलेको स्थिति सिर्जना भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जनप्रतिनिधि भेलमा उनले पार्टीको विधि र विधानलाई मिचेर पदको खोजीमा लाग्ने लोभले नेकपा दुई समूहमा विभाजन हुन पुगेको बताए ।

निर्वाचित भएको अध्यक्ष र निर्वाचित प्रधानमन्त्रीलाई हटाउने खेल मुलुकका लागि हानी हुने देखिएकाले ताजा जनादेशमा जाने निर्णय गरिएको उनले बताए ।

त्यस्तै उनले आफ्नो समूह नै आधिकारीक नेकपा भएकाले भ्रममा नपर्न आग्रह गरे । उनले सूर्य चिन्ह आफूहरुकै भएको भन्दै सूर्य चिन्हका साथ निर्वाचनमा होमिने बताए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : ०२ बजे

किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

गोरखा– गोरखा नगरपालिका– ८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती 

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै