वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छ : उपसभापति निधि | Khabarhub Khabarhub

वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छ : उपसभापति निधि


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताए । उनले सरकारको असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पारे ।

कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताए । उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचनमार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गए ।

प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचन दुवै मध्यमबाट प्राप्त भएको प्रतिनिधिसभाले मात्र राजनीतिक सङ्कटलाई सम्बोधन गर्न सकिने बताउँदै नेता निधिलै दुवै बटो संवैधानिक, लोकतान्त्रिक र राजनीतिक सम्मत रहेको प्रष्ट पारे । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका उपसभापति निधिले मुलुकमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीले आमनेपाली जनता पीडित भए पनि वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा सहभागी कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरी सरकारले जनताले दिएको मतको अपमान गरेको बताए । उनले बहुमत प्राप्त भएको सरकारलाई प्रतिनिधिसभा विघटन गर्ने संविधानमा कुनै व्यवस्था नभए पनि वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गरी आमनेपाली जनताले दुई तिहाइ नजिक दिएको मतको अपमान गरेको धारणा व्यक्त गरे ।

कांग्रेस बुथ कमिटी बगहीका अध्यक्ष सरजुग महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुलाह मन्सुर, सदस्य अजयकुमार चौरसिया, गगन थापालगायतका नेताले पद, पैसा र प्रतिष्ठानको लोभका कारण मुलुक राजनीतिक संवैधानिक सङ्कटमा फसेको बताए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १० : ०५ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म