युद्ध र क्रान्ति बने नयाँ ‘द फेस’ | Khabarhub Khabarhub

युद्ध र क्रान्ति बने नयाँ ‘द फेस’


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौन्दर्य प्रतियोगिता ‘द फेस’ को उपाधि पुरुषतर्फ युद्ध बानियाँ र महिलातर्फ क्रान्ति चन्दले जितेका छन् । व्यावसायिक मोडल जन्माउने उद्देश्यले आयोजित प्रतियोगितामा २६ जना प्रतिष्पर्धी थिए ।

प्रतियोगितामा कृपा अधिकारी र शितल श्रेष्ठ ‘फस्ट रनरअप’, स्वीकृति प्याकुरेल र हेमन जोशी ‘सेकेन्ड रनर अप’ हुँदा कृपा अधिकारी र हेमन जोशी ‘बेस्ट फ्रेण्ड्ली’, निर्मला धिताल र नारायण प्याकुरेल ‘फोटोजेनिक’, क्रान्ति चन्द र शितल श्रेष्ठ ‘क्याटवाक’, ब्रबिम श्रेष्ठ र अस्मिता बराल ‘बेस्ट स्किन एन्ड हेयर’, आशिष गिरी र कृपा अधिकारी ‘बेस्ट फिजिक’, युद्ध बानियाँ र सोफिया भण्डारी ‘पब्लिक च्वाईस’ र सुर्जिना श्रेष्ठ र युद्ध बानियाँ ‘पपुलर च्वाईस’ बने ।

वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको प्रतियोगितामा अभिनेता अनुपविक्रम शाही, मोडल सिर्जना रेग्मी, क्रिकेटर विनोद दास, अग्रज फोटोग्राफर राजभाई सुवाल निर्णायक थिए ।

आयोजक तथा वी क्यान फ्लाईका सिईओ संसद शाहले नयाँ पुस्ताबाट कुशल र व्यवसायिक मोडल जन्माउन प्रतियोगिता आयोजना गरेको बताए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ४ : १३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर