झापामा चिट्ठाको नाममा ठगी गर्ने एक पक्राउ, १३ लाख बढी रुपैयाँ बरामद « Khabarhub

झापामा चिट्ठाको नाममा ठगी गर्ने एक पक्राउ, १३ लाख बढी रुपैयाँ बरामद


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अनलाइनबाट चिट्ठा परेको भन्दै ठगी गर्ने गरेको आरोपमा प्रहरीले झापाको अर्जुनधाराबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले उनको साथबाट १३ लाख भन्दा बढी रकम बरामद गरेको छ भने उनले पैसा लुकाउन गोबरको थुप्रो र दराजको पनि प्रयोग गरेको पाइएको छ ।

प्रहरीले अर्जुनधारा नगरपालिका वडा नं ९ का २९ वर्षीय पंकज पौडेली विकलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले उनलाई झापाकै विर्तामोड २ चारपानेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनले सर्वसाधारणलाई अनलाईनमा चिट्ठा परेको र चिट्ठा बापतको रकम भारतबाट ल्याउन कर तिर्नु पर्ने भन्दै रकम असुल्दै आएको प्रहरीको भनाइ छ । चिट्ठामा ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखामा ठगी मुद्दा दर्ता भए पश्चात उनी झापा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । थापाका अनुसार उनलाई थप अनुसन्धानका लागि सोमबार महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौँ पठाइएको छ ।

गोबरको थुप्रोबाट पैसा

प्रहरीले उनको साथबाट विभिन्न सवारी चालक अनुमति पत्रसहित रकम समेत बरामद गरेको छ ।

पौडेलीको घरकोठामा रहेको दराज भित्रबाट बरामद नगद २ लाख ८ हजार २ सय रुपैयाँ र उनैको घर पछाडिको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्रबाट ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

गोबरको थुप्रो भित्र सो पैसा एक झोलामा लुकाइएको पाइएको हो । पौडेलीको झोलाबाट भने थप ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ पनि बरामद भएको छ ।

उनको साथबाट पंकज पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १, विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ , अनिल बस्नेत नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी र मोवाईल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ४ : ५५ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका