झापामा चिट्ठाको नाममा ठगी गर्ने एक पक्राउ, १३ लाख बढी रुपैयाँ बरामद « Khabarhub

झापामा चिट्ठाको नाममा ठगी गर्ने एक पक्राउ, १३ लाख बढी रुपैयाँ बरामद


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– अनलाइनबाट चिट्ठा परेको भन्दै ठगी गर्ने गरेको आरोपमा प्रहरीले झापाको अर्जुनधाराबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले उनको साथबाट १३ लाख भन्दा बढी रकम बरामद गरेको छ भने उनले पैसा लुकाउन गोबरको थुप्रो र दराजको पनि प्रयोग गरेको पाइएको छ ।

प्रहरीले अर्जुनधारा नगरपालिका वडा नं ९ का २९ वर्षीय पंकज पौडेली विकलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले उनलाई झापाकै विर्तामोड २ चारपानेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनले सर्वसाधारणलाई अनलाईनमा चिट्ठा परेको र चिट्ठा बापतको रकम भारतबाट ल्याउन कर तिर्नु पर्ने भन्दै रकम असुल्दै आएको प्रहरीको भनाइ छ । चिट्ठामा ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखामा ठगी मुद्दा दर्ता भए पश्चात उनी झापा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । थापाका अनुसार उनलाई थप अनुसन्धानका लागि सोमबार महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौँ पठाइएको छ ।

गोबरको थुप्रोबाट पैसा

प्रहरीले उनको साथबाट विभिन्न सवारी चालक अनुमति पत्रसहित रकम समेत बरामद गरेको छ ।

पौडेलीको घरकोठामा रहेको दराज भित्रबाट बरामद नगद २ लाख ८ हजार २ सय रुपैयाँ र उनैको घर पछाडिको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्रबाट ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

गोबरको थुप्रो भित्र सो पैसा एक झोलामा लुकाइएको पाइएको हो । पौडेलीको झोलाबाट भने थप ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ पनि बरामद भएको छ ।

उनको साथबाट पंकज पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १, विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ , अनिल बस्नेत नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी र मोवाईल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ४ : ५५ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले