दिलीप र राजको पैतृक घर बेच्न मालिकद्वारा अस्वीकार « Khabarhub

दिलीप र राजको पैतृक घर बेच्न मालिकद्वारा अस्वीकार


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका दुई दिग्गज अभिनेता दिलीप कुमार र राज कपूरको पैतृक घर विगत केही समयदेखि लगातार चर्चामा छ ।

यी दुई कलाकारको यो घर पाकिस्तानको खैबर पख्तूतख्वा प्रान्तमा छ । विगत केही समययता उनीहरुको यो घरलाई पाकिस्तान सरकारले संग्राहलय बनाउने निर्णय गरेको चर्चा चलेको थियो । त्यसका लागि पाकिस्तान सरकारले दुवै कलाकारको घर हेर्ने मालिकसँग घर किन्ने प्रक्रिया शुरु गर्न लागेको थियो ।

सरकार र मालिकबीच घरको मूल्यका विषयमा सहमति पनि भइसकेको थियो । तर अहिले भने सरकारलाई उक्त घर बेच्नका लागि मालिक असहमत भएका छन् ।

दिलीप कुमारको घरका मालिक हाजी लाल मुहम्मदले सरकारसँग प्राइम लोकेसनमा भएको यो घरका लागि २५ करोड रुपैंयाँ मागेका छन् । जबकी यो घरको लागि पाकिस्तानको सरकारले ८० लाख ५६ हजार रुपैंयाँ निर्धारण गरिसकेको छ ।

दिलीप कुमारको पेशावरस्थित प्रवक्ता फैसल फारुकीले सञ्चारमाध्यमसँग भारतीय दिग्गज अभिनेता दिलीप कुमारको हृदयमा पेशावर बस्ने गरेको बताए । ‘उनी जहिल्यै मोहल्ला खुदादमा आफ्नो जन्मस्थान र पैतृक घरसँग जोडिएका मिठा सम्झनाबारे चर्चा गर्छन्’, प्रवक्ताले भनेका छन् । सन् १९३५ मा भारत स्थानान्तरण हुनु अघि दिलीप यही घरमा सन् १९२२ मा जन्मिएका थिए ।

पाकिस्तान सरकारले यसै महिनाको शुरुवातमा राज कपूर र दिलीप कुमारको पैतृक घरहरु किन्नका लागि २ दशलमब ३५ करोड रुपैंयाँ निकासा गर्न मञ्जुरी दिएको थियो ।

दिलीपको चार मरला घरको मूल्य ८० दशमलब ५६ लाख रुपैंयाँ तोकिएको थियो । जबकी राज कपूरको ६ मरला घरको मूल्य १ दशमलब ५० करोड तय गरिएको छ । यो घर खरिद गरेपछि दुवैलाई खैबर पख्तुनख्वाको पुरातत्व विभागले संग्राहलयमा परिणत गर्नेछ ।

यद्यपि दुवै कलाकारको पैतृक घरको मालिकले सरकारद्वारा निर्धारित मूल्यमा घर बेच्न अस्वीकार गरेको छ । घर मालिक हाजी लाल मुहम्मदले जमिन हस्तान्तरणको लागि सबै अत्यावश्यक औपचारिकता पुरा गरेपछि सन् २००५मा ५१ लाख रुपैंयाँमा खरिद गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : ३७ बजे

सहमतिको ‘किशोर सम्बन्ध’लाई अपराधीकरण गर्ने कि निकास दिने ?

काठमाडौंँ – केही महिनाअघि पङ्क्तिकारलाई आफन्त पर्ने एक जना बहिनीले

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर – लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा

रियल म्याड्रिडको सान्त्वना जित: गार्सिया र बेलिंघमले गरे गोल

म्याड्रिड – उपाधि होडबाट बाहिरिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा

तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा

धर्मशाला – मुम्बई इन्डियन्सका युवा ब्याटर तिलक बर्माले विष्फोटक इनिङ्स

२४ घण्टाको ट्राफिक कारबाही : १९ लाख ९५ हजार राजस्व सङ्कलन

काठमाडौँ – बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी