अहिलेको लडाइँ लोकतन्त्रको रक्षाका लागि हो : नेता भट्टराई « Khabarhub

अहिलेको लडाइँ लोकतन्त्रको रक्षाका लागि हो : नेता भट्टराई


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले अहिलेको लडाइँ पदका लागि नभएको स्पष्ट पारेका छन ।

सोमबार नेकपा ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चको भेलामा भट्टराईले अहिले भइरहेको लडाइँ विचार र सिंद्धान्त तथा लोकतन्त्रको रक्षाका लागि भएको भन्दै यसलाई पदसँग जोडेर हेर्न नहुने बताए ।

उनले अहिले प्रचण्ड र ओली वा माधव नेपाल वा ओलीबीचको लडाइँ नभएको भन्दै विभिन्न आन्दोलनको उपलब्धि रक्षा गर्नका लागि भएको पनि बताए ।

उनले संसद विघटन गर्ने असंवैधानिक कदमको अगुवाई केपी ओलीले गर्नु दुखद भएको तर्क गरे ।

अहिलेको ओलीको कदम छापामार रुपमा सत्ताकब्जा गर्ने नै भएको उनले तर्क गरे । दलको दुरुपयोग गरेर गरिने सत्ताकब्जा स्वीकार्य नरहेको उनले बताए ।

त्यस्तै माघ २८ गते हुने जनसभामा अहिलेसम्मकै धेरै सहभागीता हुने दाबी गरे । कार्यक्रममा ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चका पदाधिकारीलाई सपथ ग्रहण गराइएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ६ : ४६ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर