अहिलेको लडाइँ लोकतन्त्रको रक्षाका लागि हो : नेता भट्टराई « Khabarhub

अहिलेको लडाइँ लोकतन्त्रको रक्षाका लागि हो : नेता भट्टराई


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले अहिलेको लडाइँ पदका लागि नभएको स्पष्ट पारेका छन ।

सोमबार नेकपा ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चको भेलामा भट्टराईले अहिले भइरहेको लडाइँ विचार र सिंद्धान्त तथा लोकतन्त्रको रक्षाका लागि भएको भन्दै यसलाई पदसँग जोडेर हेर्न नहुने बताए ।

उनले अहिले प्रचण्ड र ओली वा माधव नेपाल वा ओलीबीचको लडाइँ नभएको भन्दै विभिन्न आन्दोलनको उपलब्धि रक्षा गर्नका लागि भएको पनि बताए ।

उनले संसद विघटन गर्ने असंवैधानिक कदमको अगुवाई केपी ओलीले गर्नु दुखद भएको तर्क गरे ।

अहिलेको ओलीको कदम छापामार रुपमा सत्ताकब्जा गर्ने नै भएको उनले तर्क गरे । दलको दुरुपयोग गरेर गरिने सत्ताकब्जा स्वीकार्य नरहेको उनले बताए ।

त्यस्तै माघ २८ गते हुने जनसभामा अहिलेसम्मकै धेरै सहभागीता हुने दाबी गरे । कार्यक्रममा ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चका पदाधिकारीलाई सपथ ग्रहण गराइएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ६ : ४६ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले