छुटाउँनै नमिल्ने पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू « Khabarhub

छुटाउँनै नमिल्ने पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सलहको समूह

ठूलो सलहको समूहले एक दिनमा ८०,००० टन बराबरको अन्नबाली खाइसक्छ । यति अन्नले ३५,००० परिवारलाई एक वर्षसम्म खान पुग्छ ।

२. उपियाँको उफ्राइ

शरीरको अनुपातमा सबैभन्दा धेरै उचाइमा उफ्रने जीव उपियाँ हो । यो आफ्नो शरीरको उचाइभन्दा १३० गुणा माथिसम्म उफ्रन सक्छ । अर्थात् ३० सेमीसम्म । यदि मानिस पनि उपियाँजस्तै उफ्रन परेको भए २०० मिटर माथिसम्म उफ्रन सक्ने थियो ।

३. गुणस्तरीय ऊन

सबैभन्दा गुणस्तरीय ऊन मेरिनो भेडाबाट उत्पादन हुन्छ ।

४. ठूलो र सानो देश

विश्वको सबैभन्दा ठूलो देश रसियाको क्षेत्रफल १७,०७५,४०० वर्ग कि.मि. छ भने सबैभन्दा सानो देश भेटिकन सिटीको क्षेत्रफल ०.४४ वर्गा किमि. मात्र छ । के भन्न मिल्छ भने संसारको सबैभन्दा सानो देशभन्दा ठूलो देश रसिया ३८,८०७,७२७ गुणाले ठूलो छ ।

५. सूर्यको तापक्रम

सूर्यको सतही भाग लगभग ६०,००० सेन्टिग्रेड तापक्रम र केन्द्रीय भाग १४,००,००,००० सेन्टिग्रेड तापक्रम हुनुपर्छ भनी वैज्ञानिकहरु मान्छन् ।

साभार  : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : ४३ बजे

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य