साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण | Khabarhub Khabarhub

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना(सिन्ह्वा)- यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको छ ।

गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक हवाई आक्रमण गरेको स्थानीयहरूले बताएका हुन् ।

आक्रमणबाट भएका क्षतिका विवरणहरू प्राप्त भइनसकेको अरब क्षेत्रका प्रमुख टेलिभिजनहरूले बताएका छन् ।

इरानको निकट मानिने यमनी हुथी विद्रोहीले साउदी सहरहरूलाई लक्षित गरी आक्रमण बढाएपछि साउदी नेतृत्वले सानामा आक्रमण गरेको बताइएको छ ।

यमनमा सन् २०१४ पछि चलेको गृहयुद्धका कारण यमनमा पछिल्ला केही वर्षहरूमा सरकार र विद्रोही पक्षबीच परस्पर ठूला आक्रमणहरू हुने गरेका छन् ।

यमनी हुथी समूह इरानको सहयोगमा अन्तर्राष्ट्रिय समुदायबाट मान्यता प्राप्त राष्ट्रपति अब्द रब्बु मन्सुर हाडीको सरकारी संयन्त्रविरूद्ध सङ्घर्षरत छ ।

हुथी विद्रोहीले राजधानी सानालगायतका अन्य धेरै क्षेत्र आफ्नो कब्जामा लिएपछि साउदी अरब नेतृत्वको अरब गठबन्धनले सन् २०१५ देखि राष्ट्रपति हाडीको सरकारलाई सहयोग पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : ४० बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव