१४ वर्षे वनवास रहँदा एक सेकेण्ड पनि निदाएनन् लक्ष्मण, कारण थाहा पाउनुस् | Khabarhub Khabarhub

१४ वर्षे वनवास रहँदा एक सेकेण्ड पनि निदाएनन् लक्ष्मण, कारण थाहा पाउनुस्


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख भएका रोचक प्रसङमध्ये एउटा यहाँ उल्लेख गर्दैछौँ । जुन रामायणमा रामका भाइ लक्ष्मणसँग जोडिएको रोचक प्रसंग हो ।

रामायणमा उल्लेख भएअनुसार १४ वर्ष वनवास बस्दा लक्ष्मण एकपटक पनि निदाएनन् । आफ्नो दाइ राम र भाउजु सीताको रक्षाका लागि उनी २४ सै घण्टा जागा रहन चाहन्थे । यसै कारणले लक्ष्मणलाई ‘गुदाकेश’ पनि भनेर बोलाउने गरिन्छ ।

वनवासको पहिलो रात जब राम र सीता सुतिरहेका थिए त्यतिबेला निन्द्रादेवी लक्ष्मणसामू प्रकट भइन् । लक्ष्मणले निन्द्रादेवीसँग १४ वर्ष वनवासको समयमा आफूलाई एकपटक पनि निद नआओस भनी बरदान मागे ।

निन्द्रादेवीले किन यस्तो वर मागेको भनेर सोधिन् । त्यसपछि लक्ष्मणले आफू सुते दाइ भाउजुको सुरक्षाका कसले गर्छ भनी प्रश्न गरे । निन्द्रादेवी प्रसन्न भएर भनिन्, ‘यदि तिमि सुत्न चाहन्नौ भने तिम्रो सट्टा अरू कोही सुतिदिनुपर्छ । तबमात्र तिमीलाई यो वरदान प्राप्त हुन सक्छ ।’

त्यसपछि लक्ष्मणले आफ्नी पत्नी तथा सीताकी बहिनी उर्मिलासँग सल्लाह गरे । उर्मिला १४ वर्षसम्म सुतिरहन तयार भइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : ४० बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले