१४ वर्षे वनवास रहँदा एक सेकेण्ड पनि निदाएनन् लक्ष्मण, कारण थाहा पाउनुस् « Khabarhub

१४ वर्षे वनवास रहँदा एक सेकेण्ड पनि निदाएनन् लक्ष्मण, कारण थाहा पाउनुस्


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख भएका रोचक प्रसङमध्ये एउटा यहाँ उल्लेख गर्दैछौँ । जुन रामायणमा रामका भाइ लक्ष्मणसँग जोडिएको रोचक प्रसंग हो ।

रामायणमा उल्लेख भएअनुसार १४ वर्ष वनवास बस्दा लक्ष्मण एकपटक पनि निदाएनन् । आफ्नो दाइ राम र भाउजु सीताको रक्षाका लागि उनी २४ सै घण्टा जागा रहन चाहन्थे । यसै कारणले लक्ष्मणलाई ‘गुदाकेश’ पनि भनेर बोलाउने गरिन्छ ।

वनवासको पहिलो रात जब राम र सीता सुतिरहेका थिए त्यतिबेला निन्द्रादेवी लक्ष्मणसामू प्रकट भइन् । लक्ष्मणले निन्द्रादेवीसँग १४ वर्ष वनवासको समयमा आफूलाई एकपटक पनि निद नआओस भनी बरदान मागे ।

निन्द्रादेवीले किन यस्तो वर मागेको भनेर सोधिन् । त्यसपछि लक्ष्मणले आफू सुते दाइ भाउजुको सुरक्षाका कसले गर्छ भनी प्रश्न गरे । निन्द्रादेवी प्रसन्न भएर भनिन्, ‘यदि तिमि सुत्न चाहन्नौ भने तिम्रो सट्टा अरू कोही सुतिदिनुपर्छ । तबमात्र तिमीलाई यो वरदान प्राप्त हुन सक्छ ।’

त्यसपछि लक्ष्मणले आफ्नी पत्नी तथा सीताकी बहिनी उर्मिलासँग सल्लाह गरे । उर्मिला १४ वर्षसम्म सुतिरहन तयार भइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : ४० बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी