वेब सिरिजमा ‘दबंग’ सोनाक्षी « Khabarhub

वेब सिरिजमा ‘दबंग’ सोनाक्षी


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड फिल्म ‘दबंग’ हेर्नुभएको छ भने सलमान खानको ‘चुलबुल पाण्डे’ र अभिनेत्री सोनाक्षी सिन्हाको ‘रज्जो’ चरित्र अवश्य सम्झिनुभएको होला ।

यो फिल्ममा प्रहरी अधिकृतको भूमिकामा सलमान देखिँदा उनकी ‘रज्जो’ अर्थात् सोनाक्षी भने सलमानको श्रीमतिको भूमिकामा थिइन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार अब यिनै ‘रज्जो’ अर्थात् सोनाक्षी अब मोबाइलको स्क्रिनमा दबंग प्रहरी अधिकृतको भूमिकामा देखिँदैछिन् ।

एक निर्माणाधिन वेब सिरिजमा प्रहरी अधिकृत बनेकी सोनाक्षीको यो लुक्स अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण युनिटले सार्वजनिक गरेको छ ।

यो वेब सिरिजको निर्माता फरहान अख्तर र जोया अख्तर हुन् । फरहानको कम्पनी एक्सले मिडिया एण्ड इन्टरटेनमेन्ट र उनकी बहिनी जोयाको कम्पनी टाइगर बेबीले गत वर्ष लकडाउन खुकुलो भएपछि गोवामा एक वेब सिरिजको सुटिङ शुरु गरेकी थिइन् ।

रिमा कागती र रुचिका ओबेरोयको संयुक्त निर्देशनमा बनेको यो सिरिज सोनाक्षीको लागि ‘डिजिटल डेब्यू’ हो । ३३ वर्षीया सोनाक्षीको पछिल्लो फिल्म ‘घूमकेतू’ हो, जुन ओटीटी प्लेटफर्मममा रिलिज भइसकेको छ । यो फिल्मको सुटिङ सोनाक्षीले ‘लुटेरा’को समयमा गरेकी थिइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १२ : २४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति