स्थायी कमिटी बैठक ३ बजेलाई सारेर कानूनविद्सँग परामर्शमा दाहाल-नेपाल समूह « Khabarhub

स्थायी कमिटी बैठक ३ बजेलाई सारेर कानूनविद्सँग परामर्शमा दाहाल-नेपाल समूह


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साबिक नेकपाको दाहाल–नेपाल समूह स्थायी कमिटी बैठक अपराह्न ३ बजेलाई सारेर कानूनविद्हरूसँग परामर्शमा जुटेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ३ बजेलाई सारिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

‘साविकका एमाले र माओवादी केन्द्रको एकता नै अस्वीकार गरेर सर्वोच्चले फैसला गरेपछि जटिलता निम्तिएको छ । यसमा अझै गहन र बृहत छलफलको आवश्यकता देखियो,’ साहले भने,’त्यसैबारे अझ प्रष्ट दृष्टिकोण बनाउन अध्यक्षहरू कानूनविद्हरूसँग परामर्शमा हुनुहुन्छ ।’

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-नेपाल समूहले आइतबारदेखि नै कानूनविद्हरूसँग सघन छलफलमा छन् ।

आइतबार साँझ पनि सिंहदरबारमा कानूनबिद्संग छलफल गरेका थिए । सो छलफलमा कानूनविद्हरूले अदालतको फैसलाको पुनरावलोकनमा जान सुझाएका थिए ।

कानूनविद्हरूको सुझाव र स्थायी सदस्यहरूको धारणालाई आधार बनाउँदै दाहाल-नेपाल समूहले धारणा तय गर्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ११ : ५४ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)