प्रचण्ड–नेपाल समूहलाई बाँस्कोटाको प्रश्न- फेरि क्याउँक्याउँ किन ? « Khabarhub

प्रचण्ड–नेपाल समूहलाई बाँस्कोटाको प्रश्न- फेरि क्याउँक्याउँ किन ?


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  संसद पुनर्स्थापनाको माग गरेर आफै संसद बहिष्कार गरेकोप्रति साविक नेकपाको ओली समूहका नेता गोकुल बाँस्कोटाले  प्रचण्ड–नेपाल समूहमाथि कटाक्ष गरेका छन् ।

उनले प्रचण्ड–नेपाल समूहलाई नयाँ चटक गर्न भन्दै व्यङ्ग्य समेत गरेका छन् । ‘आफैँ पुनर्स्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर, सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउँदै दौड्या हुन्?’ बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि बसेको पहिलो बैठक प्रचण्ड–नेपाल समूहले बहिष्कार गरेका थिए । सोही विषयमा बाँस्कोटाले प्रचण्ड–नेपाल समूहका नेतालाई व्यङ्ग्य गरेका हुन् । उनले सर्वोच्चको फैसलापछि अग्रगमन भयो भन्दै लड्डु बाँडेकाहरू कता गए भन्दै प्रश्न समेत गरेका छन् ।

‘अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे। अब ए–कता वा एकता जे चाहियो, सो पाइया छ। फेरि क्याउँक्याउँ? सकिएन बा! हे, कम्फरटेबल लौन, केही नयाँ चटक गर,’ बाँस्कोटाले भनेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १२ : ३० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन