प्रचण्ड–नेपाल समूहलाई बाँस्कोटाको प्रश्न- फेरि क्याउँक्याउँ किन ? « Khabarhub

प्रचण्ड–नेपाल समूहलाई बाँस्कोटाको प्रश्न- फेरि क्याउँक्याउँ किन ?


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  संसद पुनर्स्थापनाको माग गरेर आफै संसद बहिष्कार गरेकोप्रति साविक नेकपाको ओली समूहका नेता गोकुल बाँस्कोटाले  प्रचण्ड–नेपाल समूहमाथि कटाक्ष गरेका छन् ।

उनले प्रचण्ड–नेपाल समूहलाई नयाँ चटक गर्न भन्दै व्यङ्ग्य समेत गरेका छन् । ‘आफैँ पुनर्स्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर, सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउँदै दौड्या हुन्?’ बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि बसेको पहिलो बैठक प्रचण्ड–नेपाल समूहले बहिष्कार गरेका थिए । सोही विषयमा बाँस्कोटाले प्रचण्ड–नेपाल समूहका नेतालाई व्यङ्ग्य गरेका हुन् । उनले सर्वोच्चको फैसलापछि अग्रगमन भयो भन्दै लड्डु बाँडेकाहरू कता गए भन्दै प्रश्न समेत गरेका छन् ।

‘अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे। अब ए–कता वा एकता जे चाहियो, सो पाइया छ। फेरि क्याउँक्याउँ? सकिएन बा! हे, कम्फरटेबल लौन, केही नयाँ चटक गर,’ बाँस्कोटाले भनेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १२ : ३० बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल