नेपाल अब उत्पादक र निर्यातकर्ता देश बन्नुपर्छ : प्रधानमन्त्री ओली « Khabarhub

नेपाल अब उत्पादक र निर्यातकर्ता देश बन्नुपर्छ : प्रधानमन्त्री ओली


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उत्पादक र निर्यातकर्ता देश बनाउने अभियानतर्फ लैजानु पर्नेमा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा नेपाल उद्योग परिसंघको आयोजनामा भएको ‘मेक इन नेपाल’ अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

यो अभियानलाई उत्पादन बिक्री गर्ने विज्ञापनको रुपमा नभई राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र आवश्यकीय उत्पादनमा आत्मनिर्भर बनाउँदै नेपाललाई आयातक र उपभोक्ता देशबाट उत्पादक र निर्यातकर्दा देश बनाउने दिशामा अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको जोड थियो ।

उनले भने, ‘अब नेपाललाई आयातक र उपभोक्ता देशबाट उत्पादक र निर्यातक देश बनाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा खाद्य वस्तुको कमी नभएको र प्रत्येक वर्ष ११ दशमलब दुई प्रतिशत कृषि उपज उत्पादन वृद्धि हुँदै गएको बताए ।

‘नेपालमा उत्पादन भइरहेको खाद्य वस्तुले भोकमरी पर्ने अवस्था छैन ।’ उनले भने, ‘तर पनि लामो सिता भएको चामलको शौखले वार्षिक रुपमा करिब ४० अर्बको चामल आयात भइरहेको छ ।’

मेक इन नेपालको स्वदेशी अभियान निजी क्षेत्रका व्यवसायीले शुरू गरे पनि यो सरकारका लागि आवश्यक रहेको उनले बताए ।

सरकार यो अभियानको साथमा रहेकाले आवश्यक सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : ०४ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग