पाकिस्तानले मननपराउने यी भारतीय कलाकार « Khabarhub

पाकिस्तानले मननपराउने यी भारतीय कलाकार


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड फिल्मले देशसँगै विदेशमा आफ्नो विशेष पहिचान बनाएको छ । बलिउडको पाकिस्तानमा पनि राम्रो पकड छ ।

भारतीय फिल्महरु छिमेकी देशमा रिलिज हुँदा निर्माताहरु मालामाल हुने गरेका छन् । बलिउडका दर्शकमाझ जस्तै पाकिस्तानी दर्शकमाझ पनि राम्रो पकड छ ।

बलिउडमा यस्ता केही स्टारहरु छन्, जसलाई पाकिस्तानी दर्शकले पटक्कै मनपराउदैनन् । अमर उजालाले यस्तै स्टारहरुको एक सूची तयार पारेको छ ।

बलिउड अभिनेता सुनील सेठ्ठीलाई पाकिस्तानी दर्शकले मनपराउदैनन् । उनले फिल्म ‘मे हुँ ना’मा एक सेनाको भूमिकामा अभिनय गरेका थिए ।

जसले निर्दोष पाकिस्तानी नागरिकको हत्या गरेको थियो । यो दृश्यपछि पाकिस्तानी दर्शकले सुनील अभिनित फिल्म हर्न करिब करिब छाडेका छन् ।

‘गदरः एक प्रेम कथा’, ‘इण्डियन’, ‘माँ तुझे सलाम’ र ‘बोर्डर’ जस्ता हिट फिल्ममा अभिनय गरिसकेका अभिनेता सनी देओल पाकिस्तानी दर्शकले मननपराउने दोस्रो अभिनेता हुन् ।

पाकिस्तानी दर्शकहरुमा सनीको फिल्ममा ध्रुवीकरण र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आफ्नो देशलाई खलनायकका रुपमा देखाउने गरेको बुझाई छ ।

बलिउडमा लामो समयसम्म देशभक्तिपूर्ण फिल्ममा अभिनय गर्ने अभिनेताका रुपमा अक्षय कुमार चिनिन्छन् । उनी हरेक वर्ष समय–समयमा भारतीय सुरक्षाकर्मीका लागि करोडौं रुपैंयाँ खर्च गर्छन् ।

यहीकारण अक्षयको फिल्म पाकिस्तानीमा रिलिज प्रायः हुँदैन । उनीप्रति पाकिस्तानी दर्शकको धारणा कहिल्यै सकारात्मक हुन सकेनन् ।

अभिनेता बिक्की कौशलको फिल्म ‘उरी द सर्जिकल स्ट्राइक’ एक ब्लकबस्टर फिल्म बन्यो । यो फिल्ममा पाकिस्तानलाई निकै खराब छवियुक्त देशका रुपमा देखाइएको थियो ।

फिल्ममा कुन तरिकाले पाकिस्तानसँग भारतले सर्जिकल स्ट्राइकको बदला लियो भन्ने देखाइएको थियो । त्यहीकारण यो फिल्मलाई पाकिस्तानमा प्रतिबन्ध लगाइयो । फिल्ममा प्रतिबन्ध मात्र लागेन, विक्कीलाई पाकिस्तानी दर्शकले मनपराएनन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १२ : ४५ बजे

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न

भान्छादेखि बिरामीको बेडसम्म करको भार

गणपति, गणका मालिक श्रीगणेश, गणनाथ र वैदिक संस्कृतिको पर्याय हो–

पोखरा बसपार्कका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च

प्रतिनिधिसभा निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

काठमाडौं– निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य