काठमाडौंमा जन्मिएको देव आनन्दको ‘हरे रामा हरे कृष्णा’ « Khabarhub

काठमाडौंमा जन्मिएको देव आनन्दको ‘हरे रामा हरे कृष्णा’


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड सुपरस्टार देव आनन्दले सय बढी फिल्ममा अभिनय र १९ फिल्मको निर्देशन गरेका छन् । उनले निर्देशन गरेकाे दाेस्राे फिल्म ‘हरे रामा हरे कृष्णा’ हो ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार सन् १९७१ मा भएको यो फिल्म बक्सअफिसमा सुपरहिट भएको थियो । यो फिल्म बन्नुपछाडि एउटा रोचक कथा छ ।

तत्कालीन समयमा देव आनन्द केही कामका लागि नेपालको काठमाडौं गएका थिए । उनका जर्मन साथीले आफू पनि एक वृत्तचित्रको सुटिङका लागि काठमाडौं आएको जानकारी दिए ।

काठमाडौंमा भेटेपछि ती जर्मन साथीले देव आनन्दलाई नेपालको त्यो स्थानको बारे बताइदिए, जुन स्थानमा विदेशीहरु आएर पार्टी र गाजा, चरेस सेवन गर्थे ।

देव आनन्द त्यहाँको माहौल हेर्न जाँदा युवायुवतीहरु गाजा, चरेस सेवनमा रमाएको देखे । त्यही भीडमा उनको नजर एक युवतीमा पर्यो, जो झट्ट हेर्दा विदेशी जस्तो देखिन्न थिइन ।

पार्टी भएको स्थानको वेटरसँग देव आनन्दले ती युवतीको बारेमा सोधे । वेटरले भोलिपल्ट ती युवतीसँग गफगाफका लागि समय मिलाइदिए ।

ती युवतीको नाम जस्वीर थियो, जो आफूलाई जेनिस भन्न चाहन्थिइन् । क्यानाडा घर भएकी उनी भागेर नेपाल आएकी थिइन् । किनकी उनकी आमाले उनलाई घरमा धेरै कुरामा प्रतिबन्ध लगाएकी थिइन् ।

जेनिसको कथा सुनिरहँदा देव आनन्दलाई आफ्नो नयाँ फिल्मको कथाको अवधारणा दिमागमा आयो । त्यसपछि उनले जेनिसको जीवनमा आधारित रहेर एक हिप्पी संस्कृतिबारेमा फिल्म बनाउने निर्णय लिए ।

फिल्ममा जेनिसको भूमिकाका लागि देव आनन्दले जीनत अमानलाई लिए । यो फिल्म यति हिट भयो कि जीनत रातारात स्टार बनिन् । यो फिल्म पछि देव आनन्द र जीनतले ‘इश्क इश्क इश्क’, ‘प्रेम शास्त्र’लगायतका कैयौं फिल्ममा अभिनय गरे ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ६ : ४३ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ