प्रतिपक्षीको विरोधले प्रदेश १ संसद बैठक स्थगित « Khabarhub

प्रतिपक्षीको विरोधले प्रदेश १ संसद बैठक स्थगित


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण स्थगन भएको छ ।

नेकपा माओवादीका तर्फबाट प्रदेश सांसद टङ्क आङ्बोले नेकपा (एमाले)मा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐनविपरीत कार्य गरेको कारण देखाई सांसद् पदबाट खारेज गरेको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि सांसदहरुले नियमापत्ती गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले नियमापत्ति गरेपछि सभामुख भण्डारीले बैठक स्थगन भएको जानकारी दिए । सभामुखले बैठक नियमित रुपमा सञ्चालन गर्न पटक–पटक आग्रह गर्दा पनि सांसदहरुले उभिएर नै विरोध जनाएपछि आजको बैठक स्थगन गरेका हुन्।

बैठक स्थगन हुनुअघि बोल्न समय पाएका कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले प्रदेश अहिले राजनीतिक र आर्थिक दुवै हिसाबले कमजोर भएको भन्दै विकास सञ्चालनका लागि स्रोतको सुनिश्चिता गर्न सरकारसँग माग गरे । उनले जबसम्म सरकारले संसदमा उठाइएका प्रश्नहरुको जवाफ दिँदैन, तबसम्म संसद् चल्न नदिने घोषणा गरे ।

यसअघि आजको शून्य समयमा सांसद उमीता विश्वकर्माले निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रम अविलम्ब सञ्चालन हुनुपर्ने माग गर्दै सरकारले महिला सशक्तीकरण र दलित विधेयक ल्याउन नसकेको आरोप लगाए ।

अर्का सदस्य नारायणबहादुर मगरले प्रदेशमा बहुवर्षीय सडकका योजना अलपत्रमा परेको, रकमको अभावमा ठेक्का लिएका कम्पनी पनि भाग्न लागेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

यस्तै अर्का सदस्य रामचन्द्र लिम्बूले सरकारले ८५ प्रतिशत प्रगति गरेको विवरण सदनमा जानकारी दिए पनि त्यसअनुसारको काम नभएकाले बजेट कहाँ गयो जवाफ दिनुपर्छ भने । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुख भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १० : ०१ बजे

कञ्चनपुरका ७९ मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

दोधारा चाँदनी- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका

यस्तो छ झापा-५ को मतगणना स्थल (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा-५ को मतगणना स्थल दमकस्थित

मतदातालाई निर्वाचन आयोगको आह्वान- निर्धक्क भएर मतदानमा सहभागी भइदिनुस्

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री