यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुखसहित १९ जनाविरुद्ध मुद्दा | Khabarhub Khabarhub

यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुखसहित १९ जनाविरुद्ध मुद्दा


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको जनाएको हो ।

आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिकाविहीन बनाएको तथा परीक्षामा अनुत्रीण भएकालाई नतिजा परिवर्तन गरेको पाइएको छ । सो कार्यमा तत्कालीन कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृतद्वय सीताराम खनाल र डकेराज पोखरेल संलग्न रहेको आयोगको अनुसन्धानमा देखिएको छ ।

यस्तै तत्कालीन शाखा अधिकृत ध्रव्रराज देवकोटा, नायब सुब्बा ललितबहादुर वलीलगायत छन् । उनीहरुले लिखित परीक्षको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यसैगरी आयोगले महोत्तरीको साविक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंहसमेतले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाइ बनाई सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगका अनुसार रु १२ लाख ४४ हजार बराबरको हिनामिना गरेको पाइएको छ ।

सो कार्यमा सचिव सिंह र कार्यालय सहायक नारायण यादवको सङ्लग्नता रहेको पाइएको छ । आयोगले उनीहरुविरुद्ध रु छ लाख २९ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । अनियमितता गरेकोमध्ये रु छ लाख १५ हजार बराबरको रकमसमेत बैंकमा दाखिला भएको पाइएको छ । – रासस

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : ५० बजे

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित