संक्रमण बढेपछि जापानमा  फेरि बढाइयो आपतकाल « Khabarhub

संक्रमण बढेपछि जापानमा  फेरि बढाइयो आपतकाल


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइएको छ ।

जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्धलाई मे महिनाभर पुर्‍याएको हो ।

टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा विभिन्न शहरमा  आपतकालको समयावधि बढाइएको हो ।

प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन्‌ ।

टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले ओलम्पिक आयोजना हुन कठिन रहेको बताएका छन् ।

संक्रमण बढ्दै गएमा टोकियो ओलम्पिक हुने नहुनेमा अन्योल बढेको बीबीसीले उल्लेख  गरेको छ ।

कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरी २०२१ जुलाइमा सारिएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : ५० बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको