आर्थिक संकटमा परेका यी कलाकार « Khabarhub

आर्थिक संकटमा परेका यी कलाकार


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडमा कलाकारहरु एक फिल्मबाट जति कमाउछन्, एक सर्वसाधारण आफ्नो पुरा जिन्दगीमा पनि त्यही कमाउन सक्दैनन् । तर अधिक कमाए पनि बलिउड कलाकार सडकमा आउनुपर्ने अवस्था हुन्छ भन्ने कुरा सोचनीय विषय हो ।

अमर उजालाका अनुसार अभिनेता राज कपूरदेखि अमिताभ बच्चनसम्मका बलिउड कलाकारले आफ्नो मोटो रकम गुमाएका छन् । भएको पैसा गुमेपछि एकताका उनीहरुको अवस्था नाजुक रहेको अमर उजालाले लेखेको छ ।

बलिउडका महानायक अमिताभ बच्चनलाई वर्तमान समयमा कुनै पनि कुराको अभाव छैन । तर उनको जीवनमा एउटा यस्तो समय पनि आयो कि उनी सडकमै आउनुपर्ने अवस्था भएको थियो ।

सन् २००० मा अमिताभले आफ्नो ब्लगमा यो कुरा उल्लेख गरेका थिए । ‘विश्व नयाँ वर्ष २००० को उत्सव मनाइरहेको छ । म आफ्नो बर्बादीको उत्सव मनाइरहेको छु’, उनले लेखेका थिए ।

यो समयमा अमिताभसँग न कुनै फिल्म थियो न त पैसा नै । उनको एबीएलसी कम्पनी पनि डुबेको थियो । उनी कैयौं कानूनी मुद्धामा फसेका थिए ।

कर विभागले फिर्ताका लागि अमिताभको घर दिन भनेको थियो । तर केही वर्षपघि उनले ‘कौन बनेगा करोडपति’ शो चलाए । त्यसले उनको जीवनमा कायापलट नै गर्यो ।

बलिउडका ‘बादशाह’का रुपमा परिचित अभिनेता शाहरुख खानले पनि आर्थिक संकटको सामना गर्नुपरेको थियो । उनले सन् २०१० मा निर्माण गरेको फिल्म ‘रा–वन’मा उनले अधिक रकम लगानी गरेका थिए ।

तर फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भयो । फिल्म फ्लप भएपछि शाहरुख आफैंले यो फिल्ममा पैसा र समय बर्बाद भएको बताएका थिए ।

यो सूचीमा अभिनेता गोविन्दाको पनि नाम आउछ । लामो समयसम्म फिल्म नपाएपछि उनी कंगाल हुने अवस्थामा पुगेका थिए । तर फिल्म ‘पार्टनर’ जस्तो ब्लकबस्टर फिल्मले उनको समस्या समाधान गरिदियो ।

उनले एक अन्तरवार्तामा विगत १५ वर्षमा फिल्म उद्योगमा आफूले अधिक पैसा लगानी गरेको बताएका थिए । फिल्म उद्योगमा आफ्ना १६ करोड रुपैंयाँ नोक्सान भएको दाबी गरेका थिए ।

बलिउडका ‘शोमेन’ राज कपूरले फिल्म ‘‘मेरा नाम जोकर’ निर्माण गर्नका लागि बैंकबाट मोटो रकम ऋण लिएका थिए । तर फिल्म फ्लप भयो र उनको सारा पैसा डुब्यो ।

अभिनेता ज्याकी श्राफ पनि कुनै समय आर्थिक संकटमा फँसेका थिए । उनले निर्माता साजिद नाडियावालाबाट मोटो रकम ऋण लिएका थिए ।

यही विषयलाई लिएर साजिद अदालत जाने तयारीमा थिए । तर सलमानले ज्याकीलाई सहयोग गरेपछि उनलाई अदालत जान रोके । त्यसपछि उनले एक फ्ल्याट बेचेर साजिदको सबै रकम तिरे ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  २ : ५० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा