खाद्यान्नको जोहो गर्दै थाहा नगरपालिका « Khabarhub

खाद्यान्नको जोहो गर्दै थाहा नगरपालिका


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिस्टुङ– नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर फैलिदै जाँदा मकवानपुरको थाहा नगरपालिकाले नगरभित्र रहेको खाद्यान्नको दैनिक लेखाजोखा शुरुआत गरेको छ । नगरपालिकाले बजारमा खाद्यान्नको मौज्दातको अनुगमन गरी विवरण दैनिक रुपमा प्रकाशन समेत गर्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालयले आगामी वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको र यसपछि पनि थपिने सम्भावना रहेकोले नगरको जनसङ्ख्यालाई धान्न सक्ने खाद्यान्नको लेखाजोखा शुरु गरिएको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । हाल नगरको जनसङ्ख्या करिब ५० हजार रहेको बताइएको छ ।

संङ्क्रमणका कारण थाहा नगरपालिकासहित जिल्लाको चार स्थानीय तहमा निषेधाज्ञा जारी भए पनि निषेधाज्ञामा खाद्यान्नसहित अत्यावश्यकीय सामान ढुवानी गर्न छुट दिइएको छ ।

यही मौका छोपेर व्यापारीले कालोबजारी गर्ने र कृत्रिम अभावको सिर्जना हुन नदिन बजारमा खाद्यान्नको अवस्थाबारे अनुगमन गरिएको नगर प्रमुख विष्टको भनाइ छ । हाल मुख्य बजारमा चामल(सोना) १०९४ बोरा, चामल(जिरा)२१२८ बोरा, दाल(मास)५६ बोरा, दाल(मसुरो) १३० बोरा, तेल(तोरी) ५४ कार्टुन, तेल(भटमास) ३०८८ कार्टुन र चिनी ९९ बोरा मौज्दात रहेको नगरपालिकाले जनाएको छ । “अहिले बजारमा खाद्यान्नको अभाव छैन, किनेर खान नपाइने अवस्था आएमा नागरिकहरुले जुनसुकै बेला हामीलाई गुनासो गर्न सक्छन् । हामी किन्ने ठाउँ देखाइदिन्छौं ।” सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले भने ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : ५८ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट