तत्काल अक्सिजनको आपूर्ति गर : कांग्रेस « Khabarhub

तत्काल अक्सिजनको आपूर्ति गर : कांग्रेस


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ का बिरामीहरूका लागि तत्काल अक्सिजनको आपूर्ति र बेडको व्यवस्था सुनिश्चित गर्न सरकार समक्ष माग गरेको छ ।

कांग्रेस सह–महामन्त्री तथा कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले शनिबार विज्ञप्ति जारी गर्दै अक्सिजनको कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारबाही गर्न, आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न माग गरेका छन् ।

‘काठमाडौं उपत्यकाका कतिपय अस्पतालहरुले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड–१९ का बिरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘सरकार भने कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील छैन ।’

कांग्रेसले आवश्यकता अनुसार सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न मागसमेत माग गरेको छ ।

यस्तो छ कांग्रेसले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ७ : १५ बजे

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा