आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’ « Khabarhub

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक भएको छ । रेग्मीकै स्वर, शब्द र संगीत रहेको उक्त गीतको भिडियोसमेत सार्वजनिक गरिएको हो ।

अमेरिकामा बसोबास गर्दै आएका रेग्मीले गीतमार्फत सनातनी पद्धति र तन्त्रका विविध रहस्यमय पक्षलाई उजागर गर्ने प्रयास गरेका छन् । कलात्मक ढङ्गले तयार पारिएको भिडियोमा तान्त्रिक गतिविधि, १० महाविद्या, श्मशान, कापालिक साधना, मसान वीर र मारण विद्याजस्ता विषयवस्तु दृश्य तथा भावका रूपमा समेटिएका छन् ।

भिडियो ‘गेट हिल्ड विथ आयुष’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्राचीन उपचार पद्धति र आधुनिक विज्ञानको संयोजन गर्दै हिप्नोथेरापी, ऊर्जा उपचार तथा मानसिक-शारीरिक सन्तुलनसम्बन्धी सेवा प्रदान गर्दै आएका रेग्मीले हालसम्म चार हजारभन्दा बढी मानिसलाई परामर्श दिइसकेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ४ : २३ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै