प्रहरीद्वारा सङ्कलित १ सय ८७ थान सिलिण्डर वितरण « Khabarhub

प्रहरीद्वारा सङ्कलित १ सय ८७ थान सिलिण्डर वितरण


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले विभिन्न स्थानबाट सङ्कलन गरेको १८७ थान रिक्ता अक्सिजन ग्याँसका सिलिण्डर ग्याँस कम्पनीलाई वितरण गरेको छ ।

विश्वव्यापी रूपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिन प्रहरीले ग्याँस सिलिण्डर सङ्कल गरेर कम्पनीलाई वितरण गरेको हो ।

विभिन्न मेटल कम्पनी, इञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास बेल्डिङ तथा अन्य कम्पनीसँग रहेका सिलिण्डर सङ्क्रमित विरामीको उपचारार्थ विभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

कुनै पनि कम्पनी तथा व्यक्तिसँग भएका सिलिण्डर अक्सिजन उत्पादन कम्पनीलाई उपलब्ध गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दै उनले वर्तमान अप्ठ्यारो अवस्थामा सङ्कलन गरिएका सिलिण्डर पछि सम्वन्धित संस्था तथा कम्पनीलाई फिर्ता गरिने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ७ : ४५ बजे

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा