कर्णालीमा २४६ जनाले कोरोना जिते « Khabarhub

कर्णालीमा २४६ जनाले कोरोना जिते


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कर्णाली– पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २४६ जना कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

संक्रमण जितेर घर फर्कनेहरुमा सुर्खेतका ११०, दैलेखका ६७, सल्यानका २९, कालीकोटका १८ तथा जाजरकोट र रुकुम(पश्चिम)बाट ११/११ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रवीन खड्काले जानकारी दिए ।

यससँगै कर्णालीमा संक्रमण जितेर घर फर्कने आठ हजार ४४ पुगेका छन् । त्यसैगरी कोरोना संक्रमणबाट आज वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका ६७ वर्षीय र छत्रेश्वरी गाउँपालिका २ सल्यानका ५० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएसँगै कर्णालीमा मृत्यु हुनेको संख्या ८२ जना पुगेको छ ।

तीन हजार ८१८ संक्रमित प्रदेशका विभिन्न आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।–रासस

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ७ : ४४ बजे

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा