त्रिवि शिक्षण अस्पताललाई दश भेन्टिलेटर सहयोग « Khabarhub

त्रिवि शिक्षण अस्पताललाई दश भेन्टिलेटर सहयोग


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई दश थान भेन्टिलेटर सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा डा दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रमुख शाक्यले हाम्रा योजना अस्पतालमा भेन्टिलेटर र सघन उपचार कक्ष बढाउनुभन्दा व्यक्तिव्यक्तिलाई सङ्क्रमण हुनबाटै बचाउनेतिर केन्द्रित गरिनुपर्नेमा जोड दिए । भेन्टिलेटरको जम्मा मूल्य रु दुई करोड नौ लाख रहेको बताईएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा दिव्यासिंह शाहले अस्पतालमा आएका बिरामीलाई फिर्ता पठाउन नपरोस् भनेर क्षमता र जनशक्ति व्यवस्थापनमा जोड दिइएको बताए ।

अस्पतालमा अहिले दैनिक पाँच हजार लिटर अक्सिजन खपत भइरहेको छ । सोमध्ये दुई हजार लिटर आन्तरिक प्रणाली र तीन हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ ।

हरेक दिन यसको माग बढ्दै गएको र यसमा पनि कामपाको सहयोग आवश्यक रहेको प्रा. डा. काफ्लेले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ०० बजे

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा