सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री भट्टले विश्वासको मत लिने « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री भट्टले विश्वासको मत लिने


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज  विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् ।

प्रदेशसभा सचिवालयका अनुसार बिहान ९ बजे बस्ने भनिएको बैठक प्रमुख राजनीतिक दलहरुको आन्तरिक छलफल चलिरहेकाले शुरू हुन सकेको छैन । अहिले एमाले र कांग्रेस संसदीय दलको बैठकमा ब्यस्त छन् ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिन प्रस्ताव राख्नेछन् ।  भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।

मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्टै मत खसाल्ने व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

विपक्षमा मत हाल्न एमालेको निर्देशन

मुख्यमन्त्री भट्टले लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न  नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश  कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका छन् ।

बाउन्न  प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका  १५ र संस्थापन पक्षमा नौ सदस्य छन् ।  पूर्वनेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : ५४ बजे

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,

युक्रेन युद्धबीच कजानमा पुटिन–आसियान बैठक

एजेन्सी– युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुकहरू, विशेषगरी जी–७ ले

महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार