कुवेतमा चर्को घाममा काम लगाउने ६६ कम्पनीविरुद्ध उजुरी « Khabarhub

कुवेतमा चर्को घाममा काम लगाउने ६६ कम्पनीविरुद्ध उजुरी


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा चर्को घाममा काम लगाउने ६६ वटा रोगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको छ ।

कुवेतले दिउँसोको चर्को घाममा काम लगाउन नपाईने नियम लगाए पनि उक्त नियमलाई उलङ्घन गर्दै श्रमिकलाई काममा लगाउने ६६ रोजगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको कुवेत सोसाइटी फर ह्युमन राइट्सले जनाएको छ ।

सरकारले नियम लागू गरे पनि केही व्यवसायीले भने उक्त नियम उल्लंघन गरेको ह्युमन राइट्सलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरिरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

प्रत्येक वर्ष, श्रमिक यूनियनहरू र मानव अधिकार संगठनहरूले चरम सूर्य जोखिमको कारण सूर्य स्ट्रोक र कहिलेकाँही मृत्युको सिकार भएका थुप्रै घटनाहरूको सार्वजनिक गर्दै आएको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला ठाउँमा श्रमिकलाई काम लगाउन प्रतिबन्ध लगाएको थियो । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : ५० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्