कोरोना संक्रमणको दोस्रो लहरमा विदेशमा थप १३ नेपालीको मृत्यु « Khabarhub

कोरोना संक्रमणको दोस्रो लहरमा विदेशमा थप १३ नेपालीको मृत्यु


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको दोस्रो लहरमा पछिल्लो दुई साता विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार पछिल्ला दुई सतामा सबै भन्दाबढी साउदी अरबमा ७ जना, भारतमा ५ जना र कतारमा १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको छ ।

संघले संकलन गरेको पछिल्लो तथ्यांकानुसार भारतसहित विश्वभर २८ मुलुकमा अहिलेसम्म ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारण मृत्यु भैसकेको छ ।

सापकोटाका अनुसार अहिलेसम्म विभिन्न ५४ देशमा १ लाख १० हजार  १ सय ९६ जना नेपालीमा संक्रमण देखिएको छ ।  ती मध्ये १ लाख ६ हजार ८ सय २३ हजार  नेपाली संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ११ : ०५ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ