कोरोना भाइरस उत्पत्तिबारे चीनलाई थप दबाब दिन मिल्दैन : डब्लुएचओ « Khabarhub

कोरोना भाइरस उत्पत्तिबारे चीनलाई थप दबाब दिन मिल्दैन : डब्लुएचओ


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस उत्पत्तिको विषयमा चीनलाई थप दबाब दिन नमिल्ने तर्कमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओका) वरिष्ठ अधिकारीहरू एकमत देखिएका छन् ।

डब्लुएचओका आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले आफूहरुसँग अहिलेको अवस्थामा चीनलाई दबाब दिने कुनै पनि अधिकार नरहेको बताएका हुन् ।

अझै पनि कोरोना भाइस जनावरबाट मानिसमा आएको वा प्रयोगशालाबाट निस्किएको हो भन्ने टुङ्गो लागिसकेको छैन ।

विशेषगरी चीनको वुहानस्थित प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको विवाद पछिल्लो समय चर्चामा छ । धेरै वैज्ञानिकहरुले कोरोनाको उत्पत्तिको विषयमा पूर्णरुपमा अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । चीनले भने प्रयोगशालाबाट कोरोना भाइरसको संक्रमण बाहिरिएको आरोप अस्वीकार गर्दै आएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना चीनको प्रयोगशालाबाट नै बाहिरिएको दाबी गरेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  २ : ५५ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले