चिठ्ठाको बहानामा ठगी गर्न पक्राउ « Khabarhub

चिठ्ठाको बहानामा ठगी गर्न पक्राउ


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– २५ लाख चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का निरजकुमार सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनलाई केही दिन अघि नै पक्राउ गरिएको हो ।

सामाजिक सञ्जाल ह्वाट्सएप, आइएमओलगायतमा तपाईंलाई २५ लाख रुपैयाँको चिठ्ठा परेको भन्दै विश्वासमा दिलाएर ठगी गरेको महानगरीय अपराध महाशाखामा उजुरी पछि उनलाई पक्राउ गरिएको डीएसपी खनालले बताए ।

उनले चिठ्ठा परेको र अब कर तिर्नुपर्ने बाहना बनाएर आइएमई, ई सेवाबाट जम्मा दुई लाख १० हजारसम्म रकम लिएको पाइएको प्रहरीले जनाएको छ।

अहिले प्रहरीले उनीमाथि ठगी कसूरमा थप अनुसन्धान अघि बढाएको बताएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १ : ५९ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले