ताप्लेजुङका सबै वडा सडक सञ्जालले जोडियो « Khabarhub

ताप्लेजुङका सबै वडा सडक सञ्जालले जोडियो


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको सबै वडा सडक सञ्जालले जोडिएका छन् । जिल्ला सदरमुकामदेखि सबै गाउँपालिकाका वडामा मोटर पुग्न थालेका हुन् । गत हप्ता सिरिजङ्घा गाउँपालिका–६ मामाङखेमा सडक पुगेसँगै जिल्लाका सबै वडामा सडक सञ्जालले जोडिएको जनाइएको छ ।

६० वडामा अगाडि नै सडक पुगेको थियो । जिल्लाको सबै वडाका सडक पुगेको सिरिजङ्घा ६का वडाअध्यक्ष पूर्णसिंह लिम्बुले जानकारी दिए । जिल्लामा नौ स्थानीय तहमा ६१ वडा छन् ।

क्षेत्रफलको हिसाबले जिल्लाकै ठुलो फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला चीनसँग प्रत्यक्ष सडकसञ्जालले जोडिएको छ । ओलाङचुङगोलादेखि २४ किलोमिट तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ । यसैगरी सुनसरीको चतरादेखि तमोर कोरिडोर सडक चीनसँग जोडिन तीन किलोमिट मात्र बाँकी छ । राष्ट्रिय गौरवको सो सडक आयोजना कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए ।

मिव्वाखोला गाउँपालिका–५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सीमानामा सडक प्रवेश गरेको मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिए । वडा कार्यालयसम्म पुग्न केही समय लाग्नेभए पनि आफ्नो वडामा सडकले जोडिएको उनले बताए । स्थानीय सरकारले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो ।

जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दैनिकीमा सहज भएको छ । जिल्लाको सबै वडामा सडक पुगेसँगै गाउँगाउँमा सार्वजानिक यातायातको लागि टिकेट काउन्टर खोलिएका छन् । दैनिक सदरमुकादेखि विभिन्न गाउँगाउँमा गाडी लाग्ने गरेको छ । कच्ची बाटो भएकाले ठुलो सिटको बस भने जान सकिरहेका छैनन् ।

आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ । मेरिङदेन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै विर्तामोड,दमक विराटनगर बस सेवा सञ्चालन भएको छ ।

सिरिजंघाको खाम्देम्बे बजारदेखि विगतदेखि नै विर्तामोड,दमक विराटनगर बस सेवा सञ्चालनमा छ । गाउँगाउँमा सडक सञ्जालले जोडिएसँगै गाउँदेखि सदरमुकाम जोडिएका छन् । गाउँगाउँ सडक सञ्जालले जोडिएसँगै आवश्यक खाद्यान्न सामग्री ढुवानीमा सहज भएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ४ : ०५ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको