मन्त्रिपरिषद पुनर्गठनबारे सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ « Khabarhub

मन्त्रिपरिषद पुनर्गठनबारे सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सर्वोच्चमा परेका रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको लिखित कारण माग्नुका साथै छलफलका लागि बोलाएको छ ।

सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएको थियो ।

संसद विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नु गैर संवैधानिक भन्दै कानून व्यवसायीले रिट हालेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ३ : ०३ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले