नयाँबस्तीमा भेटिएको मानव अंगको डीएनए परीक्षण गर्ने तयारीमा प्रहरी « Khabarhub

नयाँबस्तीमा भेटिएको मानव अंगको डीएनए परीक्षण गर्ने तयारीमा प्रहरी


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बौद्धस्थित नयाँबस्तीमा बोरामा पोको पारेर फ्याकिएको अवस्थामा भेटिएको मानव अंगको प्रहरीले डीएनए परीक्षण गराउने तयारी गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उक्त अंग पुरुष वा महिला कसको हो भन्ने खुल्न नसकेकाले लिंग पहिचानका लागि डीएनए परीक्षण गराउने तयारी गरेको हो।

परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘मानिसको खुट्टा मात्र भेटिएकाले महिला वा पुरुष छुट्टयाउनसमेत कठिन भएकाले हामीले पहिचान गर्न डीएनए परीक्षण गर्ने तयारी गरेका छौँ ।’

घटना गम्भिर प्रकृतिको भएकाले आज बिहान शवको अंश भेटिएसँगै प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि बोलाएको थियो । टोलीले पनि डीएनए परीक्षण गर्नुपर्ने सुझाव दिएको छ ।

शवको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको एसएसपी सिंहले बताए । पैतालाको अवशेष हेर्दा अधबैंसे मानिसको जस्तो देखिएको उनले बताए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ३ : ४२ बजे

‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी – जिल्लाको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर

विपिन र केकीको ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर–  यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् ।

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा– जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ