राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेहरूलाई हदैसम्मको कारबाही गर्न माग « Khabarhub

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेहरूलाई हदैसम्मको कारबाही गर्न माग


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई राउटे युवतीमाथि यौन दुर्व्यवहारकार गर्नेहरुमाथि कडा कारबाही गर्न राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले माग गरेको छ ।

संगठनकी अध्यक्ष कुन्ती कुमारी शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारकारप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको र अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गरेकी हुन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ९ का युवाहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुर्व्यवहारकार गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएसँगै सर्वत्र विरोध भइरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका कारण निज युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने देखिएको हुँदा पीडित युवतीहरुको गोपनीयताको संरक्षण गर्दै, उनीहरुको भौतिक सुरक्षा गरी जीवन रक्षाको लागि तत्काल आवश्यक पहल गर्न, सामाजिक सञ्जालमा देखिएका भिडियो, फोटोहरु हटाउन, राउटे संकृतिहरुलाई लोभ, लालच, प्रलोभन देखाई आफ्नो व्यक्तिगत फाईदा उठाउने व्यक्तिलाई राउटे बस्तिमा जान रोक लगाउन, राउटे समुदायहरुको सम्पूर्ण सुरक्षा, गास, बास र कपासको तुरुन्त व्यवस्था गर्न र प्रभावकारी अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ६ : १३ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय