डेरामा सँगै बस्ने साथीको हत्या गरेको आरोपमा पक्राउ « Khabarhub

डेरामा सँगै बस्ने साथीको हत्या गरेको आरोपमा पक्राउ


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा डेरामा सँगै बस्दै आएका एक जना साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कोठामा सँगै बस्ने अन्दाजी ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ३९ वर्षीय सोमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

विगत १ महिनादेखि कैलालीको लम्कीचुहा नगरपालिका–२, मोतीपुरस्थित पदमबहादुर बुढाको घरमा उनीहरु डेरामा बस्दै आएका थिए । साथीको हत्यापछि फरार बस्नेतलाई प्रहरीले लम्कीस्थित वीरेन्द्र सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार आपसी विवादका कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बुढाथोकीको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : ४३ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि