डेढ लाख रकमसहित जुवा खेल्दै गरेका ५ जना पक्राउ | Khabarhub Khabarhub

डेढ लाख रकमसहित जुवा खेल्दै गरेका ५ जना पक्राउ


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित प्रहरीले पाँच जुवाडे पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार तुलसीपुर १० स्थित झग्गुप्रसाद बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको हो ।

डीएसपी रिजालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –१५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर–५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर– ६ का ४१ वर्षीय मिन केतन गिरी, घोराही उपमहानगरपालिका– ७ का ४१ वर्षीय बिनोद खाती र घोराही–१५ का ३१ वर्षीय छबि गिरी छन्।

अहिले उनीहरूमाथि जुवा ऐन अन्तरगत मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ७ : १० बजे

गड्डाचौकीमा भारतीय गाडीलाई ‘टाइम कार्ड’

कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर

इरानको परमाणु कूटनीति ‘कठिन मोडमा’

अमेरिका – इरानको आणविक कार्यक्रमको विवाद समाधानका लागि कूटनीतिक प्रयास

सञ्चालनमा आयो कोदारी राजमार्ग

काठमाडौं – चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ

जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो

नेपालगञ्ज – दसैँ सुरु भएसँगै यहाँको जमुनाह नाकामा भारतबाट फर्कनेको