युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने पक्राउ « Khabarhub

युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने पक्राउ


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुवास हमालले जानकारी दिए ।

निजलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा सातदिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ६ : ५५ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको