भारततर्फ जान लागेका चार युवतीको उद्धार | Khabarhub Khabarhub

भारततर्फ जान लागेका चार युवतीको उद्धार


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ ।

शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ ।

पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको बताइन् ।

अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुझाइएका युवतीलाई घर परिवारको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : ५० बजे

इरानको परमाणु कूटनीति ‘कठिन मोडमा’

अमेरिका – इरानको आणविक कार्यक्रमको विवाद समाधानका लागि कूटनीतिक प्रयास

सञ्चालनमा आयो कोदारी राजमार्ग

काठमाडौं – चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ

जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो

नेपालगञ्ज – दसैँ सुरु भएसँगै यहाँको जमुनाह नाकामा भारतबाट फर्कनेको

पढेलेखेका साइकल मिस्त्री ‘बृहस्पति’

सुदूरपश्चिम – बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित