तमोर नदीमा बाढीले सतर्कता तह पार गर्‍यो, कहाँ कहाँ छ जोखिम ? | Khabarhub Khabarhub

तमोर नदीमा बाढीले सतर्कता तह पार गर्‍यो, कहाँ कहाँ छ जोखिम ?


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तमोर नदीमा आएको बाढीले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तमोर नदीले मुलघाट, धनकुटामा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जानकारी दिएको हो ।

उक्त नदीले जलसतह पार गरेसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैगरी नारायणी वेसिन अन्तर्गत १० वटा वर्षामापन केन्द्रहरुमा पछिल्लो ६ घण्टा,१२ घण्टा र २४ घण्टा भारी वर्षामापन भएको र थप केन्द्रमा वर्षा भएको देखिएकोले सोको प्रभाव नारायणी वेसिनका नारायणी, कालीगण्डकी लगायत अन्य नदीहरुमा जलसतह बढ्ने हुनाले बेलुका सम्मै सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार बडिगाड नदीको रुद्रवेणीस्थित जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।

मनसुनी वायुको प्रभावले मुलुकका अधिकांश क्षेत्रमा वर्षा भइरहेको र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : २८ बजे

इरानको परमाणु कूटनीति ‘कठिन मोडमा’

अमेरिका – इरानको आणविक कार्यक्रमको विवाद समाधानका लागि कूटनीतिक प्रयास

सञ्चालनमा आयो कोदारी राजमार्ग

काठमाडौं – चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ

जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो

नेपालगञ्ज – दसैँ सुरु भएसँगै यहाँको जमुनाह नाकामा भारतबाट फर्कनेको

पढेलेखेका साइकल मिस्त्री ‘बृहस्पति’

सुदूरपश्चिम – बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित