बैठकपछि एमाले कार्यदल सदस्यले भने : लगभग सहमतिको विन्दुमा पुग्यौँ « Khabarhub

बैठकपछि एमाले कार्यदल सदस्यले भने : लगभग सहमतिको विन्दुमा पुग्यौँ


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले कार्यदलका सदस्यहरूले आज बेलुकीसम्ममा विवादित विषयमा टुंगोमा पुग्ने बताएका छन् । विवाद समाधानका लागि कार्यदल सकारात्मक दिशातर्फ अघि बढेको उनीहरूले बताएका हुन् ।

सिंहदरबारमा बिहीबार बसेको बैठकमा विवादित बिषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र बेलुकी नै टुङ्गिने विश्वास नेताहरुले गरेका छन् । दिउँसो आन्तरिक छलफल गरेर बैठक बेलुकी ७ बजे पुन: बस्ने अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए । विवाद निष्कर्षमा पुर्‍याउनका लागि गृहकार्य गर्ने उद्देश्यले बैठक स्थगित गरिएको नेम्वाङले जानकारी दिए ।

उनले सकभर आज निष्कर्षमा पुर्‍याउने तयारी रहेको बताए । एमाले पार्टी एकताबद्ध रहेको तयारीसहित घोषणा गर्न लागेको नेम्वाङको दाबी छ । विवादलाई सहमतिको निष्कर्षमा पुर्‍याउनका लागि संवाद जारी रहेको र दिनभर नेताहरूबीच विवादबारे छलफल गरेर बेलुकी ७ बजे बैठक हुने उनले जानकारी दिए ।

त्यस्तै एमालेको माधव नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले छलफल सहमतिको विन्दुमा पुगेको दाबी गरे । विष्टले आजको बैठकमा हिजोभन्दा धेरै प्रगति भएको बताउँदै लगभग सहमतिको विन्दुमा पुगेको जानकारी दिए । उनले भने, ‘कार्यदलमा विवादित विषयमा गम्भीर छलफल भएको छ, लगभग सहमतिको विन्दुमा पुगेको छ ।’

बैठकपछि दुवै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो ।

एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बुधबार बेलुकी भेटवार्ता भएको थियो । कार्यदलमा भीम रावल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र भीम आचार्य रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  २ : ५९ बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२