मुलुकमा भएको विकासलाई कसैले नकार्न सक्दैन : प्रधानमन्त्री « Khabarhub

मुलुकमा भएको विकासलाई कसैले नकार्न सक्दैन : प्रधानमन्त्री


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भएको विकासलाई कसैले नकार्न नसक्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) द्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको सात दशक यता विभिन्न क्षेत्रमा भएको विकासलाई कसैले नकार्न नसक्ने बताएका हुन् ।

सामाजिक न्यायका सवालदेखि शिक्षा क्षेत्रमा भएका उपलब्धीलाई कसैले बिर्सन नहुने उनको भनाइ छ । त्यस्तै उनले आफूले मिर्गौला प्रत्यारोपण नेपालमा नै गरेको भन्दै स्वास्थ्य क्षेत्रले पनि निकै फड्को मारेको धारणा राखे । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सबै क्षेत्रमा अगाडि बढ्न आवश्यक रहेको जिकिर गरे । उनले खोज र अनुसन्धानको क्षेत्रमा केही नयाँ नयाँ अनुसन्धान गर्न नेपाली वैज्ञानिकहरुलाई आग्रह गरे ।

उन्नत प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन आवश्यक रहेको भन्दै त्यो क्षेत्रमा अनुसन्धान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले विज्ञान प्रविधिको प्रयोग नगरेसम्म मुलुकको विकास र समृद्धि पूरा नहुने बताए ।

कार्यक्रममा प्रधानमन्त्री एवं नाष्टका कूलपति ओलीले नाष्टबाट प्रदान गरिएका विभिन्न विज्ञान तथा प्रविधि पुरस्कारबाट वैज्ञानिकहरुलाई पुरस्कृत गरे । यस वर्षको प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष नेपाललाई, कुलपति राष्ट्रिय नव प्रबर्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई, विज्ञान पुरस्कार डा उत्तम बाबु श्रेष्ठलाई प्रदान गरियो ।

त्यस्तै प्रविधि पुरस्कार डा शेरबहादुर पुनलाई, विज्ञान तथा प्रविधि महिला पुरस्कार डा रेश्मा तुलाधरलाई, विज्ञान शिक्षक पुरस्कार नातीकाजी मर्हजन प्रदान गरिएको थियो । त्यस्तै विज्ञान तथा प्रविधिका क्षेत्रमा लामो योगदान गुराएका बिभिन्न वैज्ञानिकलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : १७ बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२