७२९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

७२९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२९ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५७२ कोरोना संक्रमितको आईसीयूमा र १५७ को भेन्टिलेटरमा गरी कुल ७२९ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११६ जना आईसीयूमा र ३९ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ३ आईसीयूमा उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ३३८ जना आईसीयूमा र ९४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ५५ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४५ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, कर्णालीमा ११ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४ जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १० : १५ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान