पहिरोले टावर ढालेपछि मध्यमर्स्याङ्दीको विद्युत प्रसारण अवरुद्ध « Khabarhub

पहिरोले टावर ढालेपछि मध्यमर्स्याङ्दीको विद्युत प्रसारण अवरुद्ध


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको प्रसारण लाइन अवरुद्ध भएको छ ।

पहिरोले १३२ केभी को टावर ढालेपछि मर्स्याङ्दी करिडोर को १३२ के भी प्रसारण लाईन पूर्ण रुपमा अवरुद्ध भएको हो ।

मध्यमर्स्याङ्दी जलविद्युत लगायत निजि क्षेत्रका सगरमाथा तथा खुदी जल विद्युत कम्पनीबाट उत्पादित करिब १२५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण ग्रिडबाट विच्छेद भएको छ।

नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रवन्धक माधव पौडेलका अनुसार उक्त टावर ढलेको स्थानमा आपतकालीन अवस्था रहेकोले नयाँ प्रविधिको इमर्जेन्सी टावर खडा गरि विद्युत आपूर्तिलाई सुचारु गर्ने काम सुरु गरिएको छ ।

विगतमा पनि यस्तै विपतका अवस्थामा रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनको टावर हावा हुरीले ढाल्दा इमेर्जेन्सी टावर खडा गरी विद्युत आपूर्ति गरिएको थियो ।

मुडभरी एण्ड जोशी कम्पनीदले उक्त काम चार दिनमै पूरा गरेको थियो ।

मध्यमर्स्याङ्दीको ढलेको टावरको ठाउँमा बैकल्पिक टावर खडा गरी विद्युत आपूर्ति सुचारु गर्न विद्युत प्राधिकरणले ठेकेदार कम्पनी मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनलाई नै लगाएको छ । कम्पनीले काम अघि बढाइसकेको जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : ५० बजे

 लुम्बिनीमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी– लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ– प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि

डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न

नदी किनारमा रहेका सुकुमबासी बस्ती (तस्बिरहरू) 

काठमाडौं – काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली