पहिरोले टावर ढालेपछि मध्यमर्स्याङ्दीको विद्युत प्रसारण अवरुद्ध « Khabarhub

पहिरोले टावर ढालेपछि मध्यमर्स्याङ्दीको विद्युत प्रसारण अवरुद्ध


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको प्रसारण लाइन अवरुद्ध भएको छ ।

पहिरोले १३२ केभी को टावर ढालेपछि मर्स्याङ्दी करिडोर को १३२ के भी प्रसारण लाईन पूर्ण रुपमा अवरुद्ध भएको हो ।

मध्यमर्स्याङ्दी जलविद्युत लगायत निजि क्षेत्रका सगरमाथा तथा खुदी जल विद्युत कम्पनीबाट उत्पादित करिब १२५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण ग्रिडबाट विच्छेद भएको छ।

नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रवन्धक माधव पौडेलका अनुसार उक्त टावर ढलेको स्थानमा आपतकालीन अवस्था रहेकोले नयाँ प्रविधिको इमर्जेन्सी टावर खडा गरि विद्युत आपूर्तिलाई सुचारु गर्ने काम सुरु गरिएको छ ।

विगतमा पनि यस्तै विपतका अवस्थामा रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनको टावर हावा हुरीले ढाल्दा इमेर्जेन्सी टावर खडा गरी विद्युत आपूर्ति गरिएको थियो ।

मुडभरी एण्ड जोशी कम्पनीदले उक्त काम चार दिनमै पूरा गरेको थियो ।

मध्यमर्स्याङ्दीको ढलेको टावरको ठाउँमा बैकल्पिक टावर खडा गरी विद्युत आपूर्ति सुचारु गर्न विद्युत प्राधिकरणले ठेकेदार कम्पनी मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनलाई नै लगाएको छ । कम्पनीले काम अघि बढाइसकेको जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : ५० बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर