एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभा बैठक २७ असारसम्म स्थगित « Khabarhub

एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभा बैठक २७ असारसम्म स्थगित


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेको छ ।

बिहीबारको बैठक शुरु हुने बितिकै एमालेका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएका थिए । एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने जनाएका छन् । आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले सदन अवरुद्ध गरेको हो ।

बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री दल रावलले आफ्नो पार्टीले उठाएको मुद्दाको उचित तवरले सम्बोधन हुनुपर्ने बताए । आफ्नो पार्टीले नैतिक ढंगले राजनीतिक मुद्दा उठाएको र यस बिषयमा प्रदेश सरकारले ध्यान दिन नसकेको उनले बताए । उनले देशको अर्थतन्त्र मजबुद गराउनेदेखि सामाजिक सुरक्षाका कामहरु केपी ओली नेतृत्वको सरकारले मात्र गरेको दाबी गरे । उनले कर्णालीको अन्तर्राष्ट्रिय स्तरमा छवी बिग्रने गरी प्रदेश सरकार अघि नबढोस् भन्दै सदनको कामकारवाही अघि बढाउन नदिने बताए ।

सभामुखले पटक–पटक आसनग्रहण गर्न आग्रह गर्दा पनि एमालेका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएपछि असार २७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्रीहरु भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी छन् ।

फ्लोर क्रस गरेका प्रकाश ज्वालासहित तीन मन्त्रीलाई एमालेले कारबाही गरेको थियो । जेठ २७ गते सर्वोच्च अदालतले पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पदमै रहन अन्तरिम आदेश दिएपछि एमाले संसदीय दलको बैठकले मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो । यद्यपि तीनैजना मन्त्री सरकारबाट फिर्ता भएका छैनन् । उनीहरुले तत्काल सरकारबाट नहट्ने अडान लिएका छन् । जसले गर्दा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ८ : ५० बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२