जेठ ३० यता बाढीपहिरो र डुबानमा परी ५१ को मृत्यु, ७१ जना घाइते « Khabarhub

जेठ ३० यता बाढीपहिरो र डुबानमा परी ५१ को मृत्यु, ७१ जना घाइते


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ५ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३/३ जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २/२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये दार्चुलामा ३ जना, पाल्पामा २ जना तथा तनहुँ र दाङमा १/१ जना गरी जम्मा ७ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ७१ जना घाइते भएका छन् । तीमध्ये ३६ जना पुरुष, १९ जना महिला, ११ जना बालक र ५ जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पामा ७ जना, धादिङमा ६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५/५ जना, धनुषा र सर्लाहीमा ४/४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३/३ जना, जुम्ला, चितवन, दाङ, दार्चुला र गोरखामा २/२ जना, पाँचथर, संखुवासभा, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, बाजुरा र सल्यानमा १/१ जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढीपहिरोमा परी २९ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वत र तनहुँमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरोमा परेका १ हजार २ सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी(पूर्व) १८ जना, लमजुङ र सल्यानबाट ८/८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४/४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् ।

बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण चितवन, बाजुरा, प्युठान, म्याग्दी र सिन्धुली लगायतका स्थानहरुमा बिहीबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी रहेको प्रहरीले जनाएको हो ।

बाढीको कारण १ हजार ५ सय १६ वटा घर डुबानमा परेका छन् । ५ सय ६४ वटा घर, ९९ वटा गोठ, ४२ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ५९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा ५ सय ३९ वटा विपद्‍का घटनाबाट १ हजार १ सय ५८ वटा घर परिवारका ५ हजार ४ सय २३ जना मानिस विस्थापित भएका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ७ : ५० बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको